7 फ़रवरी 2022

पंजाबी कवि गुरप्रीतका दुई कविताहरू

 

पंजाबी कवि गुरप्रीतका दुई कविताहरू

1. बाको कला
 
दुःख
भ्यागुताहरूको पोकोजस्तै ।
गाँठो फुकाउँछु
त उफ्रंदै कुद्दै फैलिजान्छन्
घरको चारैतिर ।

हरेक दिन
एृउटा नयाँ गाँठो पार्छु
यस पोकोमा ।

कला यही हो मेरो
कि देख्न दिन्न
शिरमाथि उचालेको यो पोको
बच्चाहरूलाई ।


**********
2. आमा

म आमालाई माया गर्छु
यसकारण होइन
कि जन्म दिएकी हुन्
उनले मलाई ।

म आमालाई माया गर्छु
यसकारण होइन
कि पालनपोषण गरेकी हुन्
उनले मलाई ।

म आमालाई माया गर्छु
यसकारण
कि उनलाई
आफ्नो मनको कुरा भन्नको लागि
शब्दहरूको आवश्यकता पर्दैन मलाई ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...