5 फ़रवरी 2022

एउटा राम्रो गाउँ

 

एउटा राम्रो गाउँ

-अजय कुमार

एउटा असल मान्छे झैँ
एउटा राम्रो गाउँ पनि
एउटा प्रख्यात गाउँ हुँदैन ।

आफ्नो चालमा अघि बढ्दै
आफ्नो पाठशालामा कखरा सिक्दै
आफ्नो जीवनको दुनोट गुनगुनाउँदै
आफ्नो खरीले
आफ्नो सिलेट पट्टीमाथि
आफ्नो भविष्यका रेखाहरू खोप्दै
त्यो एउटा बेनाम पाराको गाउँ हुन्छ ।

आफ्नो कुवाको पानी पिउँदै
आफ्नो कोदालोले
आफ्नो माटो गोडमेल गर्दै
आफ्नो अन्न खाँदै
आफ्नो जंगलको  सुनसान ठाउँतिर पल्टिँदै
त्यो एउटा मौन पाराको गाउँ हुन्छ ।

आफ्ना सुकुल र ढक्कीहरूमा
आफ्ना सपनाहरूका डिजाईन बुन्दै
आफ्नो आँगनमा मध्याह्नतिर
आफ्नो खाटमा पल्टिँदै
आफ्ना यादहरूका हुक्का गुडगुडाउँदै
चुपचाप आफू हुनुको स्पष्टीकरण दिँदै
त्यो एक शान्त पाराको गाउँ हुन्छ ।

एउटा राम्रो गाउँलाई भेट्न
गुपचुप जानु पर्छ
बेगर कुनै योजनाको घोषणा गर्दै 
बेगर नारा लगाउँदै
बेगर मुद्दाहरू उठाउँदै
बेगर पर्चाहरू फरफराउँदै
... एक असल मान्छे झैँ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...