5 फ़रवरी 2022

एउटा राम्रो गाउँ

 

एउटा राम्रो गाउँ

-अजय कुमार

एउटा असल मान्छे झैँ
एउटा राम्रो गाउँ पनि
एउटा प्रख्यात गाउँ हुँदैन ।

आफ्नो चालमा अघि बढ्दै
आफ्नो पाठशालामा कखरा सिक्दै
आफ्नो जीवनको दुनोट गुनगुनाउँदै
आफ्नो खरीले
आफ्नो सिलेट पट्टीमाथि
आफ्नो भविष्यका रेखाहरू खोप्दै
त्यो एउटा बेनाम पाराको गाउँ हुन्छ ।

बदला

 

Taha Muhammad Ali, a Palestinian poet.

Taha Muhammad Ali, a Palestinian poet.

बदला
–ताहा मुहम्मद अली

कहिलेकाहीँ ...म कामना गर्छु
भेट्न पाए हुन्थ्यो युद्धमा
त्यो मान्छे जसले मेरो बाबाको हत्या गरेको थियो
र हाम्रो घरलाई ध्वस्त पार्दै 
निष्कासित गरिदिएको थियो मलाई
एउटा सानो देशमा
र यदि उसले मलाई मारिदियो भनेँ
म आराम पाउँथे अन्ततः
र यदि म तयार भए
म आफ्नो बदला लिने थिए ।

१६ सेप्टेम्बर १, २००४

 मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" बाट एक कविता


(लगभग एघारह वर्षअघि लेखेको एक पुरानो कविता । यो कविता सेप्टम्बर १, २००४ को दिन इराकमा मारिएका १२ जना नेपालीमा समर्पित छ ।)

जूनकीरीझैँ
रातहरूको गहिराइमा उज्यालो खोज्दै
जीवनरूपी टुकीको वरपर उडिरहेँ ।

धेरै पटक मृत्युसँग जम्काभेट भो
र धेरै पटक जिउँदै मरेँ
कहिले टुकीको रापमा जलेँ
कहिले टुकीमा ठोेकिएर घाइते भएँ
कहिले भुइँमा खसेर आहत भएँ
तर जीवनको मोहमा
जिउँदो लास भएर हिँडिनै रहँें
तर यस पटक बेग्लै भो
यस पटक
म, मृत्युको अन्तिम यात्रामा निस्केको छु ।
 

एउटा चिठ्ठी

 मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" बाट एक कविता


बाँसझैँ लामो र खोक्रो पर्खाइपछि
असङ्ख्य मानिसहरूका हूलमा
मलाई खोज्दै आइपुग्छ मायाको एउटा तमसुक  
बाँसको टुप्पो धर्ती छुन आइपुगे झैँ ।

खोलेर हेर्छु
जहाँ आँसु र वेदनाका शब्दहरूमा
व्यथाका ठूला–ठूला पहाडहरू लुकेका छन्
सम्झनाका क्षणहरू नवजात शिशुझैँ
मन्द–मन्द मुस्कुराइरहेका छन् ।

जीवन

मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" बाट एक कविता


यो जीवन
बिहान सबेरै चिया गिलासबाट
आकाश छुने रहरमा बाफ बनेर उठ्छ ।

यता ठोकिन्छ
उता ठोकिन्छ
भौतारिरहन्छ कल्पनाको संसारमा
आखिर विलीन हुनपुग्छ लक्ष्यमा पुग्नुअघि नै ।

शासक र जुत्ताहरू

 मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन"बाट एक कविता 


शासकहरू
आफ्ना भद्दा खुट्टाहरूलाई
थरी–थरीका जुत्ताहरूले छोपेर
सुरक्षित अनुभव गर्छन् ।

जुत्ताहरू पनि
शासकका पाउमुनि बाँच्न पाएकोमा
आफूलाई सौभाग्यशाली ठान्छन्
मालिकको सेवामा समर्पित भएर
ठूलो आनन्द प्राप्त गर्छन्
र बनेर अन्धभक्त
जप्छन् रात–दिन यी मालिककै नाम ।

ढुङ्गा र फूलहरू

 मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन"बाट एक कविता

ढुङ्गा भएर बाँच्न
धेरै–धेरै सजिलो छ
कुनै अन्धभक्तले आफ्नो मन–मन्दिरमा
देवता बनाएर पूजा गर्न सक्छ
रगतले मातेको इदि अमिनद्वारा
आफ्नो सुुरक्षार्थ हतियार बनाएर
निर्दोषमाथि
नयाँ सामाजिक अभ्यासको प्रहार गर्न सक्छ
र कुनै स्वार्थीले
आफ्नो स्वार्थको खुट्किलो उक्लन
बाटो–दोबाटोहरूबीच
मूर्ति बनाएर उभ्याइदिन पनि सक्छ ।

पहिरो

मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन"बाट एक कविता

हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा
बगाएछ खोला–किनारको मन्दिर
बगाएछ गाउँमाझको मस्जिद ।

तर बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
सुनेँ मौलवीले जातीयताको पर्खाल उभ्याएको ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

महँगी

आजभोलि–

हर दिन,

हर पल,

हर मोड 

र हर गल्लीमा

महँगीसँंग जम्काभेट हुन्छ ।

म हिँडिरहेको हुन्छु

जीवनको बाटोमा 

र महँगी 

उडिरहेको हुन्छ आकाश छुन ।


 मेरो पहिलो कवितासङ्ग्रह “उसको मुटुभित्र देशको नक्सा नै थिएन” बाट दुई कविताहरू ।



1.    पोस्टमार्टम रिपोर्ट


यो लास
त्यही मान्छेको हो–
प्रत्येक तोडफोडमा
जो बोक्दै विदेशी भाला र तरबार
खोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरू
हिँड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरू
–कुनै निरङ्कुश शासकलाई अग्रगमनकारी भन्दै
–विष्णुको विशुद्घ अवतार मान्दै
दरबाररूपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।
       

बतास

बतास

*****








उहिले यो बतास

सुगन्धको कोसेली बोकेर

हतार–हतार आफ्नो माइत हिँडेकी कुनै चेली झैं

आउँथ्यो सुमधुर गीत गुन्गुनाउँदै वनको बाटोभरि ।



4 फ़रवरी 2022

बाको अनुहार

बाको अनुहार


**********

त्यो अनुहारमा
दुई आँखा घाम–जून चम्कन्छन् 
उडिरहन्छ आत्मविश्वासको एउटा चङ्गा ।
आपद्विपद्को हावाहुरीमा जुध्दै 
मुस्कुराउँछन् सुन्दर सुनाखरी र गुराँस ।   

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...