5 फ़रवरी 2022

शासक र जुत्ताहरू

 मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन"बाट एक कविता 


शासकहरू
आफ्ना भद्दा खुट्टाहरूलाई
थरी–थरीका जुत्ताहरूले छोपेर
सुरक्षित अनुभव गर्छन् ।

जुत्ताहरू पनि
शासकका पाउमुनि बाँच्न पाएकोमा
आफूलाई सौभाग्यशाली ठान्छन्
मालिकको सेवामा समर्पित भएर
ठूलो आनन्द प्राप्त गर्छन्
र बनेर अन्धभक्त
जप्छन् रात–दिन यी मालिककै नाम ।

यी शासकहरू
भारदार जुत्ताहरूको आडमा
कसैलाई पनि टेर्दैनन्
मतियार जुत्ताहरूको भरोसामा
कसैसित पनि डराउँदैनन्
र बजार्छन् लात्ती
कलिला सपनाहरूमाथि ।

यी जुत्ताहरू
ग¥याप् ग¥याप...
टेक्छन् निर्दोष जीवनहरूमाथि
र किच्दै हिँडछन्
बाग–बगैँचामा सुन्दर फूलहरू ।

तर एउटा कुरो–
यी शासकहरू
जे–जति अन्याय र अत्याचार गर्छन्
जुत्ता लगाएर मात्र गर्न सक्छन्
जुत्ताबिना त यी शासकका नाङ्गा खुट्टाले
एक कदम पनि हिँडन सक्दैनन्

साले शासकहरू !


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...