27 जुलाई 2021

गीत गाइरहन्छ जीवन

भूकम्पले भत्काएको घरको झ्यालमा
आएर हरियो पहाड बस्छ
उजाड बगैँचातिर उज्यालो छ्याप्दै घाम हिँड्छ
बनैभरि सुगन्ध छर्दै बतास उड्छ
कतै केही नभए झैँ बगिरहन्छन् खोलाहरू 
झुमिरहन्छन् बोटबिरुवाहरू ।

क्षितिजको चहकिलो ऐनामा
हिमालले हिमपहिरोमा चोक्टिएको आफ्नो अनुहार हेर्छ
कुनै रोगी बच्चालाई खुसी पार्नझैँ
ताराहरू अँध्यारोमा झिलमिलाउँछन् 
झमक्क साँझ, थकित भरियालाई बाटो देखाउन 
आइपुग्छ आकाशमा चहकिलो जून ।  
हृदयको अन्तरकुन्तर 
उमङ्गका चराचुरुङ्गी उडिरहन्छन्
खडेरीग्रस्त मुटुमा रहरका पालुवाहरू हुर्किरहन्छन्
बेलुनवालाको वरिपरि बच्चाहरू झुम्मिएझैँ 
परेली छेउछाउ थुप्रिन्छन् उज्यालाहरू । 
छातीभित्र जोसिलो हावाको झोक्का पस्छ
आँसुको बर्सातमा पनि समयले नयाँ उद्देश्य हिँड्छ 
सुख्खाले खाएको डाँडामाथि इन्द्रेनी सजिन्छ
एक्लो पहाडलाई अँगालोमा बेर्न 
दूरदेशबाट आइपुग्छ मायालु बादलको हूल ।   
जेल्लिरहन्छन् समस्याहरू
भत्किरहन्छन् यात्राहरू 
तर हरेक बिहान, उदाउँछ आशको नयाँ घाम 
डढेलोले खाएको ठुटोमाथि बसेर एउटा चरीझैँ
गीत गाइरहन्छ जीवन !
x

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...