4 फ़रवरी 2022

बाको अनुहार

बाको अनुहार


**********

त्यो अनुहारमा
दुई आँखा घाम–जून चम्कन्छन् 
उडिरहन्छ आत्मविश्वासको एउटा चङ्गा ।
आपद्विपद्को हावाहुरीमा जुध्दै 
मुस्कुराउँछन् सुन्दर सुनाखरी र गुराँस ।   

त्यो अनुहारमा
हरेक बिहान नयाँ दिनको भारी बोक्न 
उदाउँछ एउटा घाम  
जो साँझमा दुःखका धर्सा छोप्दै
खुसीका ससाना पोका बोक्दै 
आइपुग्छ उज्यालो पार्दै घर–आँगनमा ।

त्यो अनुहारमा 
संसार पढ्ने आँखाहरू चिम्सा छन्
थेप्चो छ आत्मसम्मान उचाल्दै उभिएको नाक 
चाउरिएको छ सुखदुःखले चिप्लेटी खेल्ने गाला 
कलेटी परेको छ मुस्कानले लेफ्ट–राइट गर्ने ओठ
घामले डढेको छ मङ्गोल पहिचान । 

मलाई राम्रो लाग्छ 
धेरै राम्रो लाग्छ
जब सबले सुनाउँछन्–
“तेरो अनुहार काटीकुटी तेरै बाको जस्तो ।”
x

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...