मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" बाट एक कविता
बाँसझैँ लामो र खोक्रो पर्खाइपछि
असङ्ख्य मानिसहरूका हूलमा
मलाई खोज्दै आइपुग्छ मायाको एउटा तमसुक
बाँसको टुप्पो धर्ती छुन आइपुगे झैँ ।
खोलेर हेर्छु
जहाँ आँसु र वेदनाका शब्दहरूमा
व्यथाका ठूला–ठूला पहाडहरू लुकेका छन्
सम्झनाका क्षणहरू नवजात शिशुझैँ
मन्द–मन्द मुस्कुराइरहेका छन् ।
जहाँ ऋणको ऐँजेरु काँडाले
जथाभावी कोरिएको बा–आमाको रेखाचित्र छ
अक्षरहरूबीच बच्चाहरू लुकामारी खेलिरहेको भेट्छु
देख्छु निर्जीव शब्दहरूमा मेरो बाटो कुर्दै गरेकी
प्रियसीको दुर्ई नयन अल्झेको ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें