5 फ़रवरी 2022

एउटा चिठ्ठी

 मेरो पहिलो कृति "उसको मुटुभित्र देशको नक्सा नै थिएन" बाट एक कविता


बाँसझैँ लामो र खोक्रो पर्खाइपछि
असङ्ख्य मानिसहरूका हूलमा
मलाई खोज्दै आइपुग्छ मायाको एउटा तमसुक  
बाँसको टुप्पो धर्ती छुन आइपुगे झैँ ।

खोलेर हेर्छु
जहाँ आँसु र वेदनाका शब्दहरूमा
व्यथाका ठूला–ठूला पहाडहरू लुकेका छन्
सम्झनाका क्षणहरू नवजात शिशुझैँ
मन्द–मन्द मुस्कुराइरहेका छन् ।

जहाँ ऋणको ऐँजेरु काँडाले
जथाभावी कोरिएको बा–आमाको रेखाचित्र छ
अक्षरहरूबीच बच्चाहरू लुकामारी खेलिरहेको भेट्छु
देख्छु निर्जीव शब्दहरूमा मेरो बाटो कुर्दै गरेकी
प्रियसीको दुर्ई नयन अल्झेको ।



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...