5 फ़रवरी 2022

बतास

बतास

*****








उहिले यो बतास

सुगन्धको कोसेली बोकेर

हतार–हतार आफ्नो माइत हिँडेकी कुनै चेली झैं

आउँथ्यो सुमधुर गीत गुन्गुनाउँदै वनको बाटोभरि ।




जहिल्यै आउँदा, यो बतास

आफ्नो यौवनको उन्माद सम्झेर

झोक्रिएको बूढो रूखलाई

पछाडिबाट मायालु धाप हान्न झस्काउँदै आउँथ्यो ।

देउरालीको चौतारीमा

गोठालाहरूमाझ जुवारी लाउँदै आउँथ्यो 

यौवनको सँघारमा टेक्दै गरेका युवक–युवतीमाझ 

आउँथ्यो साट्दै मायापिरती ।

 

तर अचेल, यो बतास

मृत्युको त्रासले लखेटिएको कुनै घाइते सिपाही झैं

बाटोभरि गुहार माग्दै आउँछ ।

वरिपरि उभिएका हिमालपहाडका कानमा

पारि गाउँको नरसंहारको खबर 

सुटुक्क सुनाउँदै आउँछ । 

चिहानडाँडाको मा Þ Þ Þथि मा Þ Þ Þथि

कुनै मृतकको वियोगमा 

शोकाकुल मलामीहरूको हूलमा

गहिरो शोकधुन गाउँदै आउँछ ।


उहिले यो बतास

आँखाभरि स्वप्निल सपना बोक्दै

ल्याउँथ्यो बस्तीहरूमा देश । 



बतास फेरिएको छ !


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...