5 फ़रवरी 2022

महँगी

आजभोलि–

हर दिन,

हर पल,

हर मोड 

र हर गल्लीमा

महँगीसँंग जम्काभेट हुन्छ ।

म हिँडिरहेको हुन्छु

जीवनको बाटोमा 

र महँगी 

उडिरहेको हुन्छ आकाश छुन ।



महँगीको त्यो कुरूप अनुहार 

देख्यो कि घिन लाग्छ ।

सधैँ–सधैँ

कामना गर्छु कहीँ कतै भेट नहोस् हाम्रो ।

तर आजभोलि–

हर दिन,

हर पल,

हर मोड

र हर गल्लीमा

महँगीसँग जम्काभेट हुन्छ ।


महँगीसँंगको प्रत्येक भेटमा

तनका लागि नाना,

पेटका लागि माना 

र ओतका लागि छाना

मेरा यी सांसारिक इच्छाहरू 

मनको चिहानडाँडामा गाडिन्छन् जिउँदै ।


म सधैँ 

महँगीसँग बच्दै 

र जोगिँदै हिँड्न खोज्छु ।

तर जहिले 

राशन,

ग्याँस,

पानी 

र बिजुलीको लाइनमा

महँगीसँग मेरो जम्काभेट हुन्छ । 


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...